पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । आज पाउण्डको पनि मूल्य उकालो लागेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०२ पैसा छ ।
यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८ रुपैयाँ ६६ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।