महोत्तरीमा कुटपिटबाट एक पुरुषको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । झगडाका क्रममा कुटपिट हुँदा महोत्तरीको गौशाला नगरपालिका(१० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।

गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा)काटेको विषयमा छविलाल र स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा निधार र छातीमा चोट लागेर छविलाल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बुधबार साढे तीन बजे प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

कुटपिट गर्ने दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

  • १८ जेष्ठ २०८०, बिहीबार ०९:२७ प्रकाशित