बाँके ।
बाँकेमा कार र बस ठोक्किदाँ उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको निधन भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१३ मा कार र बस ठोक्किँदा खड्काकी बुहारी सन्जु खड्का र उनका कार चालकको ज्यान गएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
बा १३च ८२५३ नम्बरको कार र मे १ ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी डाक्टर सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरले पुष्टि गरेका छन् ।
मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी रहेको बताइएको छ ।














