एनएमबि बैंकमा दिनदहाडै लुटपाट

केन्द्रभाग मिडिया

Symbolic picture

महोत्तरी।

महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेको डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन्। बैंकले अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार १४:५० प्रकाशित