भारतको जम्मुमा बस दुर्घटना : ७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको भारती सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार १०:४९ प्रकाशित