काठमाडौँ ।
नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक जस्तै प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न आग्रह गरिन् ।
समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि निर्माणबारेमा आफ्नो धारणा राख्दै उनले सो आग्रह गरेकी हुन् ।













