सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो ।

पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार ०८:५९ प्रकाशित