संसदीय समितिको नेतृत्व छान्न सभामुखद्धारा दलहरुको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरूको ध्यानाकर्षण गराएका छन्।

कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरूको गम्भीर ध्यानाकर्षण गराएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

सभामुख घिमिरेले सात दिनपछि प्रक्रियाबाट समितिको नेतृत्व चयन गरी आफूलाई सहयोग गर्नसमेत दलहरूलाई भनेका छन्।

जेठ १० गते प्रतिनिधि सभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो। सबै समितिमा जेष्ठ सदस्यले बैठकको सभापतित्व गरेका थिए।

  • १५ जेष्ठ २०८०, सोमबार १५:१५ प्रकाशित