‘राजदरबार’ मानिने पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका फेवाताल किनार लेकसाईडमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी नागरिकका लागि रत्न मन्दिर आशिंक रुपमा खुला गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले एक कार्यक्रमकाबीच रत्न मन्दिर खुल्ला गरेका हुन् ।

स्थानीय, पोखरा महानगरपालिका र प्रदेश सरकारको प्रयास पछि यो खुला गरिएको हो । त्कालिन राजा महेन्द्र शाहले कान्छी रानी रत्नको नामबाट २०१५ सालमा रत्न मन्दिरको निर्माण गरेका थिए । यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका थिए ।

रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवर्दन र पर्यटकहरूको बसाइ लम्ब्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

११४ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् ।

  • १५ जेष्ठ २०८०, सोमबार १२:३८ प्रकाशित