फेवा तालमा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

Symbolic picture

पोखरा ।
माछा मार्ने क्रममा फेवा तालमा डुबेर एक जनाको ज्यान गुमेको छ । शनिबार साँझ पोखरा २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा अन्नपूर्ण १० घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे बस्ने ६३ बर्षीय मिन गुरुङको डुबेर ज्यान गुमेको इलाका प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

बैदाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेद जोशीका अनृुसार तालमा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र ससस्त्र प्रहरी बलको टोलीले उनलाई १९ः १५ बजे मृत अवस्थामा फेला पारेको हो ।

गुरुङको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको उनले जानकारी दिए ।

  • १४ जेष्ठ २०८०, आईतवार ०६:४५ प्रकाशित