पोखरा ।
नेकपा एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका विभिन्न तहका नेता कार्यकर्ता तथा एकीकृत ट्रेड युनियन महासंघ सम्बद्ध मजदुरहरु कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता वरिष्ट ट्राफिक प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले सहजीकरण गरेका हुन् । उनले नेपालमा सवारी दुर्घटनाको अवस्था, कारण र त्यसबाट जोगिन अपनाउनुपर्ने उपाएका बारेमा विभिन्न प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग बहादुर हमालले सचेतना कार्यक्रमले दुर्घटना न्युनिकरण हुनुका साथै सबैलाई जिम्मेवार बन्न प्रेरित गरेको बताए ।
उनले एकीकृत समाजवादीका भातृसंगठन र पार्टीमा लाग्ने नेताहरु इमान्दारीका साथै जिम्मेवार बन्नुपर्ने धारणा राखे । ‘सचेतना कार्यक्रमले पक्कैपनि दुर्घटना न्युनिकरणमा सघाउ पर्याउँछ नै । यसले अनुसासित बन्न र मर्यादित हुन पनि प्रेरित गरेको छ ।’ उनले भने, ‘एकीकृत समाजवादीका नेता कार्यकर्ता र यसका भातृ एवं मोर्चासंगठनका नेता कार्यकर्ता सबै इमान्दार र अनुसासित बन्नै पर्छ ।’
उक्त अवसरमा एकीकृत ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष तिलबहादुर विश्वकर्मा, उपाध्यक्ष हरिराम धिताल, सचिव विवेक भुजेल लगायतले कार्यक्रमको उद्देश्य र कार्यक्रमको बारेमा बोलेका थिए ।














