उडिरहेको जहाजको ढोका खुलेपछि….

केन्द्रभाग मिडिया

दक्षिण कोरियामा शुक्रबार यात्रुले उडिरहेको एउटा जहाजको ढोका खोलेपछि खैलाबैला भएको छ ।

कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका हुन्।प्रहरीले ढोका खोल्ने यात्रुलाई पक्राउ गरेको छ। उनले आफूले ढोका खोलेको स्वीकारेका छन् तर त्यसको कारण खुलाएका छन्।

एयरबस ३२१ जहाजमा चालक दलका सदस्यसहित २०० जना सवार थिए।ढोका खुल्दा जहाज जमिनबाट २१३ मिटरमाथि उडिरहेको थियो। दुईरतीन मिनेटमै जहाज ल्यान्ड हुने तयारी थियो।

अचानक ढोका खुलेपछि जहाजभित्र खैलाबैला भएको थियो। तीव्र गतिमा भित्र पसेको हावाले केही यात्रु सामान्य घाइते भएका छन्। तीमध्ये ९ जनालाई जहाज ल्यान्ड भएपछि अस्पताल लगिएको छ।

  • १२ जेष्ठ २०८०, शुक्रबार १६:५३ प्रकाशित