साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।

  • १२ जेष्ठ २०८०, शुक्रबार ०९:४९ प्रकाशित