लागू औषधसहित रामबजार बाट तीन युवा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

लागू औषधसहित स्याङ्जाका दुई र कास्कीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ : ३० बजे वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खट्टिएको संयुक्त प्रहरी टोलीले  बुद्धचोकबाट उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको हो ।

पक्राउ पर्नेमा भीरकोट– ३ स्थायी घर भई हाल बुद्धचोक बस्ने ३२ वर्षीय अनिल खत्री, वालिङ– ८ स्थायी घर भई हाल पोखरा–८ सृजनाचोक बस्ने २७ बर्षीय सुवास काफ्ले र पोखरा– १० अम्मरसिंहचोक बस्ने ३२ बर्षीय सुदिप गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका तीन जनाको साथबाट साथबाट लागू औषध डाईजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी जम्मा ८३ एम्पुल लागू औषध फेला परेको छ ।

उनीहरुलाई कास्की  अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको विकले जानकारी दिए ।

  • ११ जेष्ठ २०८०, बिहीबार १९:११ प्रकाशित