आज घट्यो डलर र युरोको भाउ : कतिमा हुदैँछ कारोबार ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहिबार डलर र युरोको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ७४ पैसा र बिक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार ०९:३६ प्रकाशित