काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले अंगालेको जनताको बहुदलीय जनवादमा सबै नेता कार्यकर्ता लामबद्ध हुनुपर्ने बताए ।
‘दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादमा आधार निर्माण गरिने छ । यो गर्न सजिलो छैन यो पुरा गर्नुपर्छ’, ओलीले भने, ‘सैद्धान्तिक प्रस्तावलाई जटिल होइन जनबोलीमा सहजढंगले समृद्धि नेपाल सुखी नेपालीको नारा ल्याएका हौं । यो देश बनाउने गन्तव्य हो । हाम्रो पार्टी सबै तहका संगठन र कार्यकर्ताहरु लामबद्ध बनाउनु पर्ने छ ।’
पार्टीको नेता पदले नभई क्षमताले हुने उनले बताए ।













