पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।
आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै आज युरो पनि बढेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा थियो।
यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।