संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथि छलफल हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं।

आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार नै छलफल सुरु भएको थियो । आ आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।

  • ८ जेष्ठ २०८०, सोमबार १०:३० प्रकाशित