साताको पहिलो दिन आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ ।

यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०८ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।

  • ७ जेष्ठ २०८०, आईतवार ०९:३९ प्रकाशित