जनकपुर ।
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । तर केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो ।
शुक्रबार बसेको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने निर्णय भएको हो ।
बैठकमा मधेस प्रदेशका नेताहरूसमेत सहभागी थिए।
बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी समेत सरकारमा सहभागी हुनेछन्।













