याङगुन ।
म्यान्मामा चक्रवात मोचाबाट हालसम्म १४५ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको हो ।’