आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार दुई रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भएको थियो।

  • ५ जेष्ठ २०८०, शुक्रबार ११:०६ प्रकाशित