युरिया मलमा कमिसन खान्छन् पोखराका सहकारी !

केन्द्रभाग मिडिया

विमल तिवारी
पोखरा ।
युरिया मल विक्री गर्न अनुमति लिएका सहकारीले आफैले युरिया मल विक्री नगरी व्यक्तिलाई जिम्मा लगाउने र कमिसन लिने गरेको खुलेको छ । पोखरा महानगरपालिकाले विहीबार गरेको अनुगमनका क्रममा यस्तो खुलेको हो । पोखरा महानगरका सहकारी तथा उद्योग विभाग प्रमुख भरतराज पौडेलले विक्री केन्द्रमा सहकारीको नाम राख्ने तर सम्पूर्ण जिम्मा ठेक्का लगाए झै लगाउने गरेको अनुगमनका क्रममा पाइएको बताए ।

पोखरा महानगरपालिकाको अगुवाईमा रासायनिक मल विक्री गर्ने विभिन्न कृषि सहकारी पसल र फर्ममा विहिबार अनुगमन गरिएको छ । महानगर उप–प्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा साविक लेखनाथ नगरपालिका अन्तर्गत ६ वटा विक्री केन्द्रमा अनुगमन गरिएको थियो ।

पोखरा २६ मा रहेका मार्गदर्शन कृषि सहकारी, सिलिङ्गे कृषि सहकारी, जनप्रिय सहकारी संस्था र अघौँ कृषि सहकारी, पोखरा ३० मा रहेका जनप्रिय कृषि सामाग्री भण्डार र शिशुवा कृषि भण्डारमा टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो ।

अनुगमनको क्रममा विक्री डिपोहरुले मुल्यबृद्धि गरेर विक्री गरेको, साल्ट ट्रेडिङ र कृषि कम्पनीबाट खरिद गरिएको मल विक्री भएनभएको एकीन तथ्यांक नराखेको र सहकारीले पसल सञ्चालन नगरेर अरुलाई नै पसल सञ्चालन गर्न ठेक्का दिएको पाइएको छ ।

पोखरा महानगरपालिका भित्र साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेको कार्यालयदेखीको दुरी हेरेर युरिया २० देखी २२ रुपैयाँ सम्ममा र डिएपी ४९ देखी ५१ रुपैयासम्ममा विक्री मूल्य तोकिएको छ । बिक्री केन्द्रले भने युरिया २१ देखी २५ रुपैयाँ र डिएपी ५१ देखी ५५ रुपैयाँसम्म विक्री गरेका छन् ।

अर्घौ कृषि सहकारीको विक्री डिपो संचालन गदै आएका केदार पाण्डेले सहकारीले डिपो दिएवापत सहकारीलाई कमिसन दिने गरेको बताए । पाण्डे आफै सहकारीका अध्यक्ष समेत हुन् ।

तीन सहकारीले विक्री केन्द्रमा मूल्य सूचि समेत टाँस नगरेका पाइएको छ । ‘बिल बिजक जारी गरेको पाइएन, कापीमा टिपोट गरेको सोलोडोलो हिसाव मात्र भेटियो सहकारीले खरिद विक्रीको अवस्था समेत चुस्त राखेको पाइएन’ सहकारी तथा उद्योग शाखा प्रमुख पौडेलले भने ।

विक्री केन्द्रले मल राख्ने प्लास्टिकको मूल्य भन्दै तोकिको मुल्यभन्दा अतिरित्त मुल्य लिएका हुन् । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले मुल्यसूची र बिल नराखेको पाइएको जानकारी दिइन्। उनले माग अनुसारको मल आउन नसकेकाले विक्रीमा समस्या हुनसक्ने भएकाले अनुगमन गरिएको जानकारी दिइन्।

अनुगमन पछि यही ७ जेठ भित्र खरिदविक्रीको हिसाव सहित कृषि शाखामा कागजात सहित उपस्थित हुन ती सहकारीलाई निर्देशन दिएको छ । उक्त समयभित्र हिसाव र कागजात नबुझाए कारवाही प्रकृया अगाडी बढाइने पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत शिव प्रसाद गौतमले सहकारीले डिपोलाई व्यवस्थित रुपमा संचालन नगरेको पाइएको बताए । अनुदानको रसायनीक मलमा बेथिती देखिएकाले थप अध्यनको खाचोँ रहेको उनले औंल्याए ।

ती विक्री डिपोलाई वहालकर तिरेको प्रमाण पेश गर्ने, मौज्दात एकिन गर्न, व्यवसाय दर्ता नविकरण गर्न र कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडमा दर्ता र

७० वटा संस्थाले मल विक्रीका लागि अनुमती लिए पनि ३६ विक्री डिपो सक्रिय रहेको महनगर कृषि शाखाका शिव सिंह धामीले बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र शिव प्रसाद गौतम, महानगरका सहकारी तथा उद्योग शाखा प्रमुख पौडेल, कृषि शाखाका शिवसिंह धामी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

७० वटा संस्थाले मल विक्रीका लागि अनुमती लिए पनि ३६ विक्री डिपो सक्रिय रहेको महनगर कृषि शाखाका शिव सिंह धामीले बताए ।

 

  • ४ जेष्ठ २०८०, बिहीबार १९:३२ प्रकाशित