काठमाडौं ।
सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
काठमाडौं पोखराको भाडादर ६१६ रुपैयाँ कायम भएको छ । यसअघि ६३६ रुपैयाँ भाडा रहेको थियो । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस ।













