आजिवन कारागारको फैसला भएपछि रेशम चौधरीले पार्टीका नेताहरुलाई बोलाए कारागार

केन्द्रभाग मिडिया

File photo

धनगढी ।

टिकापुर घटनामा जेल जिवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आजिवन कारागारको फैसला भएपछि उनले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएको बताएका छन् ।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’

  • ३ जेष्ठ २०८०, बुधबार ०८:४१ प्रकाशित