टोपबहादुर विरुद्ध नाराबाजी गर्ने महिला पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक महिला पक्राउ परेकी छन् ।

सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराल नामकी महिलालाई पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालत परिसरमा बरालले नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • १ जेष्ठ २०८०, सोमबार १६:४३ प्रकाशित