टोपबहादुर रायमाझी सांसदबाट निलम्बित

केन्द्रभाग मिडिया

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

सोमबार उनलाई निलम्बन गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।प्रहरीले उनलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी संसद् सदस्यबाट पनि निलम्बनमा परेका हुन्।

यसअघि वैशाख २७ गते नेकपा (एमाले)ले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो।

  • १ जेष्ठ २०८०, सोमबार १६:१४ प्रकाशित