शरणार्थी प्रकरणमा मेरो चरित्रको बलात्कार भयो : आरजु राणा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोड्दै चरित्रमाथि बलात्कार भएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले आफ्नो नाम जोड्दै फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् ।

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन ९चरित्र हत्या० होइन, दिस इज रेप अफ माइ क्यारेक्टर ९यो मेरो चरित्रको बलात्कार० हो ।’

 

  • १ जेष्ठ २०८०, सोमबार १५:४५ प्रकाशित