सरकारी वकिलले भोलि पनि बालकृष्ण खाँणको बयान लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारी वकिलले प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोलि पनि लिने भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणसँग आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो ।

सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

  • १ जेष्ठ २०८०, सोमबार १५:०७ प्रकाशित