पोखरा आउँदै गरेको बस तनहुँको सिर्दीमा दुर्घटना : २७ जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका सबैको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रेफर’ गरिएको छ। अन्य घाइतेको भने दमौलीमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

  • १ जेष्ठ २०८०, सोमबार ११:०६ प्रकाशित