काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको आशंका गरेको छ । केही दिनदेखि तारन्तार तीन दलका शीर्ष नेताहरू बैठक बस्न थालेपछि रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका गरेको हो ।
आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको छ ।
प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेको स्पष्ट पारे ।
उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको बताए ।













