ओरालो लाग्यो युरो र पाउण्डको भाउ,आज डलरको कति छ ?सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा थियो।

यस्तै आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १६४ रुपैयाँ १७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६५ रुपैयाँ १७ पैसा थियो ।

आज डलरको भाउ स्थिर छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।

  • १ जेष्ठ २०८०, सोमबार १०:११ प्रकाशित