प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो ।

संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने रु लगायतका विषयमा दुवै बिचमा छलफल भएको हो ।

  • १ जेष्ठ २०८०, सोमबार ०९:२७ प्रकाशित