टोपबहादुरलाई आज अदालत उपस्थित गराइँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।

आइतबार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।

स्वास्थ्य परिक्षण गर्नेबेला चिकित्सकसँग रायमाझिले एक गिलास बियर खाएको बताएको जनाइएको छ ।

  • १ जेष्ठ २०८०, सोमबार ०८:४५ प्रकाशित