पोखरा ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ।
अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।