एमाले भन्छ, ‘संघीयताबारे पुनर्विचार हुँदैन,एमालेले संघीयता विरोधमा छलफल गरेको भन्ने हल्ला मात्र हो’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेले संघीयता विरोधमा छलफल गरिरहेको भन्ने हल्ला मात्र भएको एमालेले स्पष्टि दिएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा अध्यक्ष केपी ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले उल्लेख गरे।

उनका बैठकमा ओलीले पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएका छन्।

  • ३१ बैशाख २०८०, आईतवार ०९:०६ प्रकाशित