पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अलकादिर ट्रष्ट मामिलामा उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट तीन दिनअघि पक्राउ गरेको थियो ।

तर पाकिस्तानको सर्वोच्च अदालतले उनलाई इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न भनेको छ ।जस अनुसार इस्लामावाद उच्च अदालतमा पुगेका उनलाई अन्तरिम जमानत मिलेको हो । अदालतले मे १७ तारिखसम्म कुनै पनि मुद्दामा इमरानलाई नपक्रन पनि आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

  • २९ बैशाख २०८०, शुक्रबार १६:५६ प्रकाशित