गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

केन्द्रभाग मिडिया

बुटवल ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडान बिहीन बनेको छ । जजिरा एयरलाइन्सले उडान रोकेसँगै अन्तर्राष्ट्रिय उडानबिहीन बनेको हो । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो ।

६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल जजिराले रातमा उडान गर्दा विमामनस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको बताउँछन् ।

जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको छ ।

  • २९ बैशाख २०८०, शुक्रबार १६:३९ प्रकाशित