पोखरा ।
गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि अध्ययन गर्न गठन गरेको समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई प्रतिवेदन बुझाएको छ ।मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले यातायात सुधारका लागि समिति गठन गरेका थिए ।
सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो, छरितो र प्रभावकारी बनाउन अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न समितिलाई निर्देशन दिइएको थियो ।
‘हामीले १४ औं दिनमा प्रतिवेदन बुझाएका छौं । यसलाई मन्त्रिपरिषद्ले पास गरेपछि प्रतिवेदन बाहिर आउला,’ समिति संयोजक विनोद कुँवरले भने ।













