क्रेनको ठक्करबाट घाइते लाचोककी अधिकारीको निधन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा क्रेनले ठक्कर दिँदा घाइते भएकी एक महिलाको निधन भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको उपचारका क्रममा निधन भएको हो ।

बिहीवार दिउँसो क्रेनको ठक्करबाट पोखरा ५ मालेपाटनमा अधिकारी धाइते भएकी थिइन् ।

अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा अधिकारीलाई क्रेनले ठक्कर दिएको र तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लगि लगिएको थियो । उनको शुक्रबार दिउसो निधन भएको हो ।

 

  • २९ बैशाख २०८०, शुक्रबार १५:०१ प्रकाशित