पोखरा ।
स्टेप वाई स्टेप मा वि मासबार, पोखराले आज विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ४१ जना विद्यार्थीले विभिन्न समसामयिक विषयमा आआफ्ना प्रस्तुतीहरु राखेका थिए ।
उक्त प्रतियोगिता मा समूह ‘ए’ बाट स्नेहा रिजाल प्रथम हुुन सफल भएकी थिइन भने द्वितीय, तृतीय र चर्तुर्थ क्रमशः करुणा श्रिस, आयु पाठक र नयन गुरुङ्ग, अन्मोल खडका तथा रशिला कार्की भएका थिए । समूह ‘बि’ मा प्रथम दिव्यानी मरासिनी, द्वितीय प्रनिश शर्मा, तृतीय पूणर््िामा थापा र चर्तुर्थ कृति ढकाल तथा चन्दा शर्मा भएका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीलाई अध्ययनशील बनाउने, उनीहरुको वाक क्षमतामा वृद्धि गर्ने र आत्मबल अभिवृद्धि गराउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको कुरा बताइन् । उनले सहभागी विद्यार्थीलाई धन्यवाद दिँदै विजयी विद्यार्थीहरुलाई बधाई दिइन् ।
कार्यक्रममा भाइस प्रिन्सिपल दिपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले विजयी विद्यार्थीहरुलाई बधाइ प्रदान गरेका थिए । उक्त कार्यक्रमको संञ्चालन शिक्षक युवराज लामिछानेले गरेका थिए भने निर्णायकमा अंग्रेजी विषयका विभागीय प्रमुख रुपेश पौडेल र शिक्षक लक्षमण भण्डारीले गरेका थिए ।














