पोखरा ।
गण्डकीमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको हो ।
आज ४ बजे ४ मन्त्रीको शपथ हुनेछ । माओवादीबाट रेशम जुग्जाली मन्त्री बन्दैछन् भने कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्र थापा मगर मन्त्री बन्नेछन् ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादीबाट १ मन्त्री बनिसकेका छन् । बैशाख १५ कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भैसकेकी छन् ।
माओवादीबाट जुग्जाली भौतिक पूर्वाधार मन्त्री बन्नेछन् भने यस पहिलेनै मन्त्री नियुक्त भएकी सुशिला सिंखडा सामाजिक विकास मन्त्री बन्नेछिन् ।
राजिव गुरुङ(दिपक मनाङे) पनि मन्त्री नियुक्त हुने आकलन गरिए पनि अझै टुन्गो लागेको छैन ।आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ ।













