पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आज उच्च अदालतमा हाजिर हुँदै

केन्द्रभाग मिडिया

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मामिलामा शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुँदै छन् ।उनलाई शुक्रवार बिहान ११ बजे अदालतमा हाजिर हुन भनिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यो मुद्दामा उनको गिरफ्तारीलाई अवैध बताउँदै उनलाई इस्लामाबाद उच्च अदालतमा पेस हुन भनिएको थियो ।सर्वोच्च अदालतले इमरान खानको गिरफ्तारीलाई अवैध बताएको छ तर उनलाई घर जान अनुमति दिइएको छैन ।

  • २९ बैशाख २०८०, शुक्रबार १०:५५ प्रकाशित