विराटनगर । आफ्नै शरीरमा आगो लगाएर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएका छ ।
घरायसी विवादको क्रममा आफ्नो शरीरमा मट्टितेल खनाएकी विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।
सो आगलागीपछि उपचारका लागि कोशी अस्पताल, विराटनगरमा लगिएको थियो । तर, हिजो साँझ उनको ज्यान गएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिएका छन् । मृतक महिलाकी पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।














