ट्राफिक सप्ताहको चौथो दिन : सवारी नियमन अनुगमन, प्रवक्ता पाठक भन्छन्,‘भाडादरमा छुट दिइएको पाइएन’

केन्द्रभाग मिडिया

पोखरा ।

प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत आज चौथो दिन पनि पोखरामा विभिन्न ७ वटा सचेतनामुलक कार्यक्रम भएको छ ।

जसअन्तर्गत आज चालक परिचालक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखराका विभिन्न स्थानमा गरिएको १५ कार्यक्रममा ९ हजार ७२ चालक परिचालक लाभान्वित भएका छन् ।

सवारी दुर्घटनाबाट हुने मानवीय तथा अन्य भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरू पत्ता लगाई व्यवहारमा लागु गर्न यातायात मजदुरहरुलाई अभिप्रेरित गर्ने उद्येश्यले प्रशिक्षण दिइएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले जानकारी दिए ।

कार्यक्रममा चालक तथा परिचालकहरुलाई सुरक्षितरुपमा सडक तथा सवारी प्रयोगबारे प्रशिक्षण दिइएको थियो ।आज पर्चा पम्प्लेट १६ स्थानमा वितरण गरिएको थियो । जसमा ७ हजार २८ जना लाभान्वित भएका छन ।

ट्राफिक प्रहरीले आज यात्रुसँग सडकमै गई यात्रुका गुनासाहरु सुनेका थिए । यात्रु सचेतना अन्तर्गत २१ स्थानमा गरिएको कार्यक्रममा ७ हजार ७५ लाभान्वित भएका छन् ।

यस्तै सप्ताह अन्तर्गत आज सवारी नियमन अनुगमन गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पाठकले बताए ।आज भाडादर अनुगमन, आरक्षण सिट,पोशाक अनुगमन , र विद्यालयहरुमा पनि विभिन्न कार्यक्रम गरिएको छ भने कास्कीको मादी गाउँपालीका वृहत सचेतनामुलक कार्यक्रम भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

पोखराका विभिन्न २१ वटा स्थानमा गरिएको भाडादर अनुगमन अन्तर्गत ३४७ वटा सवारीमा अनुगमन भएको थियो । यस्तै पोशाक सम्बन्धी १४ वटा कार्यक्रममा १ हजार ९ सय ५ जना लाभाविन्त भएका छन् ।

अनुगमनका कार्यक्रममा अधिकांश सवारीमा भाडादरको लिस्ट नभएको , सवारी चालकका लागि पोशाक अनिवार्य भएकोमा अधिकांशले पोशाक लगाउन हेलचक्राई गरेको, सवारीमा आरक्षण सिट नराखिएको र फरक क्षमताका व्यक्तिलाई भाडादरमा छुट नदिएको पाइएको पाठकले बताए ।

उनले भने,‘आज चौथो दिनको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आज विभिन्न सचेतना मुलक कार्यक्रम, प्रशिक्षण, अनुगमनका कार्यक्रम गरियो ।अनुमनका क्रममा सवारी चालकले पोशाक नलगाएको, भाडादर समेत छुट नदिएको पाइयो ।’ उनले थपे,‘अधिकांश सवारीमा त आरक्षण सिट राखेको पनि पाइएन,सिट क्षमता भन्दा बढी यात्रु चढाएको पाइयो, उहाँहरुलाई आज सम्झाई बुझाई गरेका छौ ।’

आज पोखराका नदीपुर,गैह्रापाटन,सभागृहचोक, बसपार्क,अमरसिहं चोक, कडँहर,भद्रकाली, ट्याक्सीचोक, लामागाउँ, तालचोक, सर्केमैदान,आर्दशचोक,फुलबारी, मादी गाउँपालीका लगायतका स्थानमा आज ट्राफिक कार्यक्रम अन्तर्गतका कार्यक्रम भएका हुन् ।

भोलि पाँचौ दिन सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

  • २८ बैशाख २०८०, बिहीबार १६:१८ प्रकाशित