काठमाडौं ।
पदाधिकारी बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुगेका थिए ।
भेटवार्ता सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । नक्क्कली भुटानी शरणार्थीबारे कुनै छलफल नभएको उनको भनाई थियो ।
तर, सो प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक वृत्त तरंगित छ । त्यस विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ ।













