पोखरा ।
गण्डकी प्रदेश नीति तथा योजना अयोगको सदस्यमा डा. सुवास अधिकारी नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सदस्यमा नियुक्ती गरेको हो । अधिकारी माओवादी कोटाबाट सदस्य नियुक्ती भएका हुन् ।
तनहुँ म्याग्देका अधिकारी यस पहिले कृष्णचन्द्र नेपाली र खगराज अधिकारी नेतृत्वको सरकारको पालमा पनि आयोगको सदस्य बनेका थिए ।
आयोगको अध्यक्षमा भने गोरखाका डा. कृष्णचन्द्र देवकोटा नियुक्त भइसकेका छन् ।