बालकृष्ण खाँण थुनुवासँग बस्न मानेन , पहिलो रात डीएसपीकै कार्यकक्ष सुते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा सुतेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो ।

बुधवार बिहान पक्राउ परेका खाणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाण कतै जान तयार भएनन् ।

खाणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ ।

  • २८ बैशाख २०८०, बिहीबार १३:२० प्रकाशित