पोखरा ।
गण्डकी प्रदेशमा प्रदेश सभा सांसद विकल शेरचनले नेपाली कांग्रेस मुस्ताङ कार्यसमिति सचिव पद त्यागेका छन् । बाट राजीनामा दिएका छन् ।
प्रदेश सभा सदस्य निर्वाचित भएपछि दिएको शेरचनले सचिव पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा मंगलबार स्वीकृत भएको छ । कांग्रेस मुस्ताङका सचिव छेवाङ नोर्वू गुरुङले विज्ञप्ती जारी गर्दै शेरचनको राजीनामा स्वीकृत भएको जनाएका छन् ।
सांसद शेरचनले नैतिकता र स्वार्थ बाझिने अवस्थाबाट मुक्त रहन सचिव पदबाट राजीनामा दिएको बताएका छन् ।
शेरचन मुस्ताङ प्रदेश सभा २ बाट निर्वाचित भएका थिए ।














