कैलाली ।
दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका एकको शव ८ दिन पछि भेटिएको छ ।
बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।
उनीहरूलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिम पहिरोमा बेपत्ता भएका थिए।














